हाम्रो बारेमा

               बढ्दो जनसंख्या तथा शहरीकरणको परिपेक्ष्यमा भैरहेको गाउँ तथा नगरहरुको पुन: निर्माण, पुनर्स्थापना र बिकासको साथै नया नगरको निर्माण पश्चात देशभरी तथा बारबर्दिया नगरमा बसोबास गर्ने नागरिकहरुको लागि अति आबश्यक पर्ने स्वास्थ्य, शिक्षा, संचार, वातावरण सरसफाई, आपतकालीन सेवा सुविधाहरु पुर्याउन तथा आर्थिक अवस्थालाई माथि उठाउन समाजका विभिन्न वर्ग संग सहकार्य गरी निजहरुमा रहेको ज्ञान, शिप र अनुभबलाई परिचालन गरी बिकसित तथा समुन्नत समाजको सृजना गर्ने कार्यका साथै समाजमा समानुपातिक बिकासमा समेत यसको महत्वपुर्ण भूमिका हुने भएकोले समाजका प्रत्येक व्यक्तिहरु सामाजिक भावनाका साथ् समुन्नत समाज निर्माणमा टेवा पुर्याउने कार्यमा संग्लग्न हुनुपर्ने आजको आबश्यकता देखिएको हुदा प्रचलित कानुनको अधिनमा रही यस बुद्ध भुमि नेपाल (Buddha Land Nepal) संस्था विधिवत रुपमा स्थापना गरिएको हो।

उद्येश्यहरु

  • यो संस्था मुनाफा रहित, जनहितकारी, सेवामुलक सामाजिक सस्था हुनेछ।
  • स्थानिय तह संग समन्वय गरी स्वस्थ,सफा र सुन्दर शहर निर्माणका लागी सहयोग गर्ने।
  • बेरोजगार, युवा युवती, एकल महिला, दलित तथा पिछडिएको बर्गलाई आबश्यकता अनुसार शिपमुलक तथा जीवन उपयोगी तालिमको लागी सम्बन्धित निकायमा पहल गरी कार्यक्रम संचालन गर्ने।
  • कृषिजन्य कार्यमा आबश्यक पर्ने मल, बिउ, प्राबिधिक ज्ञानको साथै मौसमी र बेमौसमी तरकारी, बिउबिजन उत्पादन, संकलन, वितरण तथा हाट बजार ब्यबस्थापनमा सहयोग पुर्याउने तथा चेतनामुलक कार्यहरु संचालन गर्न सहयोग पुर्याउने।
  • बेरोजगार युवाहरुलाई स्वरोजगार तथा आत्मनिर्भर बन्न स्थानिय तह, निकाय, प्रदेश सरकार र नेपाल सरकारसंग समन्वय गरी अनुदानामुखी कृषि फलफुल खेति, पशुपालन कार्यमा आबश्यक सहयोग गर्दै कार्य सम्पादन गर्ने।
  • सम्बन्धित निकायसंग समन्वय गरी स्वास्थ्य सम्बन्धि विभिन्न जनचेतना मुलक कार्यक्रम, निशुल्क सिबिर, गोष्ठी, सेमिनार आदि संचालन गर्न सहयोग गर्ने।
  • स्वास्थ्य सम्बन्धि समस्यामा परेका मानिसको जिबन रक्षाका लागि सम्बन्धित स्थानमा पुर्याउन एम्बुलेन्स सेवा संचालन गर्ने।
  • लागु औषध तथा दुर्व्यसनी न्यूनीकरण तथा अन्त्य गर्न जनचेतना मुलक कार्यक्रम गर्ने तथा गराउने। 
  • विभिन्न गतिबिधिहरु, स्वास्थ्य, शिक्षा सम्बन्धि सुचनाहरु आम जनता सामु पुर्याउन तथा मनोरन्जन प्रदान गर्न रेडियो, पत्र-पत्रिका, टेलिभिजन, अनलाईन रेडियो, अनलाईन पत्र-पत्रिका, अनलाईन टेलिभिजन सम्बन्धित निकायमा दर्ता गरि संचालन गर्ने। 

आर्थिक ब्यबस्था

  • संस्थालाई सहयोग बापत दीएको चन्दा-दान रकम।
  • संस्थाको चल अचल सम्पतिबाट प्राप्त रकम।
  • संस्थाले रचनात्मक कार्य गरी प्राप्त गरेको रकम।
  • स्थानिय निकायबाट प्राप्त अनुदान वा सहयोगस्वरुप प्राप्त रकम।
  • प्रदेश तथा संघिय सरकारबाट प्राप्त अनुदान वा सहयोगस्वरुप प्राप्त रकम।
  • बिदेशी संस्था, व्यक्ति वा अन्तर्राष्ट्रिय संघ, संस्थाबाट प्राप्त अनुदान वा सहयोगस्वरुप प्राप्त रकम | 

 

जय बुद्ध भूमि नेपाल🙏