आकाशियो डलरको भाउ !

काठमाण्डाै – अमेरिकी डलरको भाउ अहिलेसम्मकै महँगो भएको छ ।नेपाल राष्ट्र बैंकले बिहीबारका लागि अमेरिकी डलर १ को बिक्री दर एक सय २२ रुपैयाँ ५० पैसा तोकेको छ । बुधबार अमेरिकी १ डलरको बिक्री दर एक सय २१ रुपैयाँ ३१ पैसा थियो ।

त्यस्तै बिहीबार अमेरिकी डलर १ काे खरिद दर एक सय २१ रुपैयाँ ९० पैसा तोकेको छ । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएपछि नेपाली रुपैयाँ पनि कमजोर बनेको हो ।केही महिनायता कोरोना भाइरसका कारण विश्व बजार प्रभावित छ । अमेरिकी डलरको माग बढेपछि मूल्य पनि बढेको राष्ट्र बैंकले जनाएको छ । 

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close