दाङमा सलहले सयौं हेक्टरको अन्नबालीमा पुर्‍यायो क्षति

दाङ- मंगलबार दिउँसो दाङमा देखिएको सलहले जिल्लाका सयौंँ हेक्टर जमिनमा लगाएकोअन्न बालीमा क्षति पुर्‍याएको छ ।

कृषि ज्ञान केन्द्र दाङका अनुसार सलहले आज साँझसम्म जिल्लाका दशै पालिकामा लगाइएको बालीमा क्षति पुर्‍याएको छ ।

केन्द्रका प्रमुख सन्देश धितालका अनुसार विशेष गरी मकै र तरकारी बालीमा सलहले नोक्सानी पुर्‍याएको छ।

सलह घोराही र तुलसीपुर उपमहानगरपालिका तथा बङ्गलाचुली, राप्ती, गढवा, दंगिशरण, बबई, शान्तिनगर गाउँपालिका र लमही नगरपालिकाका विभिन्न क्षेत्रमा अहिलेसम्म बसिरहेको छ । सलहलाई स्थानीयवासीले भगाउने प्रयास गरे पनि ठूलो सङ्ख्यामा आएकाले नसकिएको उनले बताए ।

उनका अनुसार सलहले अहिलेसम्म करीब सात सय हेक्टर जमीनमा लगाइएको बालीनाली नष्ट पारेको प्रारम्भिक जानकारी आए पनि पूर्ण विवरण भने आउन बाँकी रहेको हुँदा नोक्सानीको दर अझै बढ्न सक्ने छ । Source:khabarhub

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close