धुलिखेलमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु

धुलिखेल : लकडाउनको समयमा दिउँसै टिपरको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । धुलिखेल नगरपालिका-२ रबिओपीमा दिउँसो लोड लिएर जाँदै गरेका टिपरले ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।

बनेपाबाट रबिओपि जाँदै गरेको बा ४ ख ६३८६ नम्बरको टिपरले अगाडि गुडिरहेको बा ३६प ५०५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार बेदप्रसाद कोइराला र गोवर्द्धन कोइरालाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाएको छ । मृतक दुई जनाको शव बनेपामा रहेको शिरमेमोरियल अस्पतालमा राखिएको छ।

टिपर चाकल घटना भएलगत्तै फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा स्थानीयले अवरोध गरेका छन् । स्थानीयको अवरोधपछि उक्त स्थानमा कुनै पनि सावरी चल्न सकेका छैनन् । लकडाउनको समयमा नेपाल सरकारले दिउँसो टिपर चल्न नदिए पनि उक्त टिपर प्रहरीलाई छलेर गुडेको स्थानीयकाे भनाइ छ । source:annapurnapost

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close