सुदूरपश्चिममा दुई जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण

१६ असार कैलाली । सुदूरपश्चिम प्रदेशमा थप दुई जना प्रहरी कर्मचारीमा मा कोरोना संक्रमण भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराले जिल्लाको बुढिगंगा नगरपालिका ४ को क्वारेन्टिमा खटिएका र जगन्नाथ गाउँपालिका १ को क्वारेन्टिनमा रहेको दुई जना प्रहरी कर्मचारीमा संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

‘क्वारेन्टिनबाटै संक्रमण भएको हुन सक्छ’ जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक टङ्क भण्डारीले भने ‘संक्रमित दुवै जनालाई आइसोलेसनमा राखेर उपचार सुरु भइसकेको छ ।’

धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण देखिएको उनले बताए ।

यसअघि कञ्चनपुरका तीन, बाजुरा र अछामका एक र एक जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो ।Source:Onlinekhabar

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close