चीनमा पुनः अर्को भाइरस फेला पर्यो, महामारीको स्वरुप लिने खतरा

एजेन्सी, १७ असार । चीनका वैज्ञानिकहरुले फ्लूको एक त्यस्तो नयाँ भाइरस पत्ता लगाएका छन् , जसले महामारीको स्वरुप लिने खतरा रहेको जनाएको छ ।

हाल उपलब्ध जानकारी अनुसार उक्त भाइरस सुंगुरहरुमा देखिएको छ । तर यसले मानिसहरुमा पनि संक्रमण बढाउन सक्ने चिन्ता देखिएको छ ।
अनुसन्धानकर्ताहरुका अनुसार भाइरसले आफ्नो स्वरुप फेर्न सक्ने र एक व्यक्तिबाट अर्का ब्यक्तिमा सजिलै फैलिन सक्ने अवस्था रहेको छ । यसले महामारीको रुप लिने सक्ने सम्भावना धेरै रहेकोले वैज्ञानिकहरुमा चिन्ता बढेको हो ।

अनुसन्धानकर्ताहरुले यस भाइरसको लक्षणमाथि अध्ययन गर्दा यसले मानिसहरुमा संक्रमण गर्न सकिने देखिएको छ । भाइरसमाथि मध्यनजर गर्न एकदमै आवश्यक रहेको पनि वैज्ञानिकहरुको भनाइ छ ।

अहिले विश्वभरिका विज्ञहरू कोरोना भाइरस निर्मूल पार्ने प्रयासमा लागेका छन् । तर यता चीनमा फेरि देखा परेको नयाँ भाइरसले चिनियाँ वैज्ञानिकहरुको भने टाउको दुखाउन थालेको छ ।source:news24nepal

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close