पञ्चेबाजा सहित बेहुला बेहुलीको घर पुगे, बेहुलाले आँगनमा टेके लगत्तै बेहुलीको मृ, त्यु !

एजेन्सी । धुमधामका साथ विबाह गर्ने योजना बोकेर बेहुला जन्ति सहित बेहुलीको घरमा पुग्छन् । विबाह भएका कारण बेहुलीको घरमा पनि धुमधामका साथ गीत संगीत बजिरहेको थियो । आफन्त र परिवारका सदस्यहरुलाई भ्याई नभ्याई थियो । यत्तिकैमा दुलाहा व्याण्ड बाजासहित बेहुलीको घरमा पुगे । चौतर्फी खुशीको माहोल छाइरहेको थियो । क्षणभरमा नै माइतीघरमा रुवाबासी मच्चियो ।

घटना हो भारतको उत्तर प्रदेशस्थित कन्नौज जिल्लाको। भारतीय मिडियाका अनुसार ठठिया थाना क्षेत्रको गाउँ भगतपुरवामा राजकिशोर बाथमको १९ वर्षीया छोरी विनिताको शुक्रवार बिहे हुनै लाग्दा उनको निधन भएपछि माइती र बेहुला पक्ष दुवै समस्यामा परे । खुशीको माहोलमा एक्कासी सन्नाटा छायो । बेहुली लिन पञ्चेबाजा सहित गएका बेहुला र उनको परिवारमा पनि रुवाबासी छायो ।

बेहुलीका बा आमा अचेत बने । प्रहरी थाना प्रभारी विजयबहादुर वर्मा र उपनिरीक्षक शैलेन्द्र कुमार घटनास्थल पुगेर शवलाई पोष्ट मार्टमका लागि पठाएका छन् । पो ष्टमार्टम रिर्पोटपछि मात्रै घटनाका विषयमा थप बोल्न सकिने प्रहरी थाना प्रभारी विजयबहादुर वर्मा र उपनिरीक्षक शैलेन्द्र कुमारले बताए । Source:nipolnews

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close