कस्तो छ आगामी ३ दिनको मौसम?

बझाङ : हाल देशका अधिकांश भूभागमा सामान्य बदली रहुनका साथै देशभरका केही स्थानरमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको छ ।

आगामी २४ घण्टामा देशका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । त्यस्तैले ति क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध मौसमविद्ले अनुरोध गरेका छन् ।

असार १३ गते (शनिबार)

दिउँसोः देशका अधिकांश भूभागमा सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ , प्रदेश २, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

रातीः देशको सबै प्रदेशहरुमा पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका र प्रदेश ५ का थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

असार १४ गते (आइतबार)

दिउँसोः देशभर सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ तथा बाग्मती प्रदेश थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

रातीः देशको सबै प्रदेशमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश तथा प्रदेश ५ का थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

असार १५ गते (सोमबार)

दिउँसोः देशभर सामान्य बदली रही धेरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेश थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

रातीः देशको सबै प्रदेशमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, ५ प्रदेश तथा गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close