पोर्चुगलमा हराइरहेका गरुङ्ग मृत अवस्थामा फेला परे !

एजेन्सी । विदेशमा धन कमाउन भन्दै गएका धेरै युवा वाकसमा फर्कने गरेका छन् । परिवारको सपना सजाउन पुगेका युवा आफै सपना बन्ने गरेका धेरै उदाहरण दिनहुँ हुने गरेका छन् । हालै पोर्चुगलको राजधानी लिस्बोनबाट जुन १७ तारिखदेखि हराइरहेका एक नेपाली युवक मृत अवस्थामा फेला परेका छन् । पोखरा बुद्धचोक स्थायी घर भएका १९ बर्षीय नेपाली युवा सिद्धान्त गुरुङ मृत अवस्थामा फेला परेको पोर्चुगलमा बस्ने नेपालीहरुले जानकारी दिएका छन् ।

प्रहरीले उनको शव नदीवाट निकालेको छ । राती करिब साढे २ वजे लिस्बनको ओरियन्त नजिक तेगस नदीबाट शव प्रहरीले वाहिर निकालेको हो । प्रहरीले हराएको खबर पाएकै दिन उनको खोजी गरेको थियो । तर हराएको ८ दिन पछि मात्र प्रहरीलाई खबर गरिएको थियो । बुवा आमासंग बस्दै आएका उनी ब्यायाम गर्न निस्के पछि घर फर्केका थिएनन् । ८ दिन सम्म परिवारका सदस्यले आफन्त र साथीभाईकोमा खोजी गरेका थिए । आफुहरुको प्रयासले मात्र खोजी गर्दा फेला नगरेपछि प्रहरीको सहयोग लिइएको थियो ।

उनी व्यायामको लागि घर वाट निस्केका थिए । तर उनी फेरी कोठामा फर्कीएनन् । उनको निधनको खबर नेपाल स्थिति परिवारका अन्य सदस्यले ८ दिन पछि मात्र पाएका थिए । गुरुङ लिस्बनमा कक्षा ११ मा अध्ययनरत थिए । गुरुङ २ बर्षदेखि पोर्चुगलको राजधानी लिस्बनमा आफ्ना बाबु आमासँग बसोबास गर्दै आईरहेका थिए ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close