नेकपाको निर्णय : विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता

६ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने निर्णय गरेको छ ।

हाल नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलाले तत्कालै नेपालको अंगीकृत नागरिकता पाउने व्यवस्था छ ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्तावमाथि छलफल हुँदै आएको छ । पछिल्लो बैठकमा समितिकी सभापति शशी श्रेष्ठले गृहमन्त्री रामबहादुर थापा बादललाई यसबारे सरकारको धारणा बनाउन एक हप्ताको समय दिएकी थिइन् । Source:Onlinekhabar

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close