८० दिनपछि ट्रेनिङमा फर्किंदा पारस खड्का खुसी (भिडियो)

काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का ८० दिनपछि प्रशिक्षणमा फर्किएका छन्। शनिबार बिहान एउटा भिडियो सोसियल मिडियामा पोष्ट गर्दै खड्काले ८० दिनपछि प्रशिक्षणमा फर्किएको जानकारी गराएका हुन्।

कोरोना भाइरसका कारण देश लकडाउन हुँदा नियमित प्रशिक्षण गर्न नपाएका पारसले सो भिडियोमा ८० दिनपछि नेटमा फर्किदा खुसी लागेको धारणा राखेका थिए।

लामो समयपछि प्रशिक्षणमा फर्किदा शनिबार उनले केही समय प्रशिक्षण गरेका थिए। लकडाउनको समय लम्बिदै गर्दा वाक्क भएका खेलाडी सामाजिक दूरी कायम राखेर प्रशिक्षणमा फर्किने इच्छा राखेका थिए। यस्तैमा पारससँग अरु केही खेलाडी कीर्तिपुर क्रिकेट मैदानमा प्रशिक्षणमा फर्किएका छन्।

कीर्तिपुरमै बस्दै आएका अभिनाश बोहरा यसअघि पनि उनी समय समय मैदानमा पुगेर प्रशिक्षण गरिरहेका थिए। यस्तै सन्दीप लामिछाने पनि केहि समय अगाडि कीर्तिपुरमा प्रशिक्षणका लागि पुगेका थिए। उनलाई विनोद दासले पनि सहयोग गरेका थिए।

पारस लकडाउन खुकुलो हुने बितिक्कै प्रशिक्षणमा जाने सोच रहेका बेला काठमाडौंमा सवारी आवागमन केही खुकुलो भएको छ। त्यसले पनि केहि खेलाडी व्यक्तिगत प्रशिक्षणमा फर्किने योजना बनाइरहेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close